• ४ साउन २०८३, सोमबार
  • ३:२० बिहान

अभिनेत्री बर्षा राउतलाई कोरोना संक्रमण

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार १२:५७

काठमाडौं : अभिनेत्री बर्षा राउत कोरोना संक्रमित भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफुमा कोरोना पोजेटिभ देखिएको बताएकी हुन् । ‘कोरोना टेष्ट गर्दा मेरो रिपोट पोजेटिभ आएको छ’ बर्षाले अगाडि भनेकी छन्, ‘मेरो गन्ध हराएको र खोकी लागेको छ ।’

घरमै आइसोलेसनमा बसेको समेत जानकारी दिएकी बर्षाले आफु ठिक रहेको बताउँदै चाँडै काममा फर्किने अपेक्षा गरेकी छन् । बर्षाले सबैलाई कोरोना संक्रमणबाट सुरक्षित रहन समेत सुझाएकी छन् ।

Kamana Sewa

प्रतिकृया