• ३० भदौ २०८३, मंगलबार
  • ४ः४७ बेलुका

लेस्टर घरेलु मैदानमा न्युकासलसँग पराजित

प्रकाशित मिति

२०७८ बैशाख २५ गते, शनिबार ०१:२०

काठमाडौं :  प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा तेस्रो स्थानको लेस्टर सिटी न्यूकासल युनाइटेडसँग ४(२ ले पराजित भएको छ । शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने लेस्टरको अभियानमा यस हारले केही धक्का लागेको छ भने न्यूकासल जितपछि रेलिगेसनबाट सुरक्षित बनेको छ ।

National Life

 

लेस्टरलाई उसैको मैदानमा हराउन न्यूकासलका लागि कलमु विल्सनले दुई तथा जोसेफ विल्लक र पाउल डुमेटले एक(एक गोल गरे । लेस्टरका लागि मार्क अलब्रिङगटन र केलेची इहनाचोले गोल फर्काए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

विल्लकले २२औं र डुमेटले ३४औं मिनेटमा गोल गरेपछि न्यूकासलले पहिलो हाफमा दुई गोलको अग्रता बनाएको थियो । कलुम विल्सनले ६४औं र ७३औं मिनेटमा गोल गर्दा न्यूकासलले ४-० को अग्रता बनायो । लेस्टरका अलब्रिङग्टनले ८०औं र इहनाचोले ८७औं मिनेटमा गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।

 

हारपछि ३५ खेलबाट लेस्टरको ६३ अंक छ । लेस्टर चौथो स्थानको चेल्सी भन्दा २ र पाँचौ सथानको वेष्टहम भन्दा ५ अंकले अघि छ । जितपछि न्यूकासलले भने समान खेलबाट ३९ अंक जोड्दै १३औं स्थानमा उक्लेको छ ।

प्रतिकृया