• ११ असोज २०८३, आइतबार
  • ५ः२० बिहान

बुटवलमा अक्सिजन बैंक स्थापना,आवश्यक परे तत्काल उपलब्ध

प्रकाशित मिति

२०७८ बैशाख २१ गते, मंगलवार ०३:१६

बुटवल:अक्सिजन सिडिण्डरको अभावले देशभर कोरोना संक्रमितको उपचार प्रभावित भइरहेका बेला बुटवलमा अक्सिजन बैंक स्थापना भएको छ । यस्तो बैंकमा अक्सिजन सहितका सिलिण्डरको संग्रह हुनेछ । अत्याबश्यक अवस्थामा अक्सिजन उपलब्ध हुनेछ । स्थापनाकै दिन बैंकमा एक सय सिलिण्डर जम्मा भएका छन् ।

National Life

 

बुटवल उपमहानगरपालिकाले यस्तो बैंक स्थापना गरेको हो । मंगलबार उपमहानगर प्रमुख शिवराज सुवेदीले एक संक्षिप्त समारोहबीच उक्त सेवाको शुभारम्भ गर्नुभयो । उहाँका अनुसार होम आइसोलेसन,होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन पु¥याउने छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

अब कसैको उपचार अक्सिजनविना रोकिने छैन् । त्यसअवसरमा उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणी खनाल, स्वास्थ्य शाखाका उमा थापा, कार्यदलका सदस्यहरु एजाज आलम, सन्दीप कसौधन, बाबुराम बोहोरा, सुरज भट्टराई लगायतले प्रभावकारी सेवा प्रवाहमा जोड दिनुभयो ।(गोरखापत्र)

प्रतिकृया