• २८ भदौ २०८३, आइतबार
  • १ः४१ दिउँसो

पत्रकार महासंघले पूर्वसतर्कताका अपनाउन अपील

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार ०३:५५

काठमाडौँ :अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको भन्दै महासंघलेपूर्वसतर्कताका अपनाउन अपील गरेको छ । अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको भन्दै महासंघले यो संवेदनशील घडीमा अनेक कठिनाइका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरू अझ बढी गम्भीर र सचेत बन्नुपर्नेमा जोड दिएको छ ।

National Life

यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न पनि महासंघले अपील गरेको छ । नेपालमा ५ सय ५० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि र ७ जनाको मृत्यु भएको  नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका अनुसार संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना पत्रकारको आइसीयुमा उपचार भइरहेको सोमबार एक विज्ञप्तिमार्फत जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया