• २७ भदौ २०८३, शनिबार
  • ५ः०९ बेलुका

क्रिकेट वरियतामा नेपालको सुधार

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार ०३:०६

काठमाडौँ: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी-ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो। यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो।

National Life

 

घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिसमेत नेपालले जितेको थियो। नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरियता ११औँ स्थान हो। टी–ट्वान्टीको नयाँ वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ। त्यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

यस्तै नेपालले एक दिवसीय वरियतामा समेत सुधार गरेको छ। एकदिवसीय वरियतामा नेपाल १६औँ स्थानमा छ। यसअघि नेपाल १७औँ स्थानमा रहेको थियो। एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ।(रासस)

प्रतिकृया