• २७ भदौ २०८३, शनिबार
  • ८ः५३ बिहान

प्रशिक्षक हुँमागाईद्धारा राजिनामा

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार ०३:०२

काठमाडौँ  : नेपाल सुपर लिग-एनएसएल फुटबलमा टोलीको लगातार खराब प्रदर्शनपछि ललितपुर सिटी एफसीका प्रशिक्षक प्रदिप हुँमागाईले राजिनामा दिएका छन्। पछिल्लो खेलमा आइतबार पोखरा थण्डर्स एफसीसँग गोलरहित बराबरीमा रोकिएपछि हुँमागाईले राजिनामा दिएको सामाजिक सन्जालमार्फत घोषणा गरेका छन् ।

National Life

प्रतियोगितामा चार खेल खेलिसक्दा ललितपुरले एउटा पनि जित हात पार्न सकेको छैन। उसले तीन बराबरी र एक हारको नतिजा निकालेको छ। प्रतियोगितामा धनगढीको चार खेलबाट ७ अंकसहित शीर्षस्थानमा छ। तीन खेल खेलेको बुटवल लुम्बिनी एफसी ५ अंकसहित दोस्रोमा छ। चार खेलबाट पोखराको पनि ५ अंक छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया