• २४ भदौ २०८३, बुधबार
  • ५ः४४ बेलुका

तत्काललाई जनगणनाको तयारी स्थगित

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार ०२:२८

काठमाडौं : दश वर्षपछि शुरु हुन लागेको राष्ट्रिय जनगणना कार्यक्रम कोरोना भाईरस (कोभिड १९) महामरीका कारण स्थगित भएको छ । कार्यतालिका अनुसार तालिम गोष्ठी लगायत प्रत्यक्ष जनतासँग सम्पर्क हुनु पर्ने कार्यक्रम भएकाले तत्कालका लागि स्थगित गर्ने निर्णय भएको तथ्याङक विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेले बताउनुभयो ।

National Life

 

जनगणनाका सबै काम तत्कालका लागि रोक्ने मन्त्रीपरिषद् निर्णय गरेको तर औपचारिक रुपमा विभागमा पत्र आइ नपुगेको लामिछानेले बताउनुभयो । हाललाई स्थगित भए पनि कोरोना संक्रमणको अवस्थालाई हेरेर कार्यतालिका बनाएर काम अघि बढाउने उहाँले जानकारी दिनुभयो । तर चालु आर्थिक वर्षमा सम्भावना कम रहेकाले आर्थिक वर्ष २०७८/०७९ देखि शुरु गर्ने विभागको लक्ष रहेको उहाँले भन्नुभयो । बैसाख १५ गते देखि सुपरिवेक्षकहरुका लागि तालिम दिन शुरु गरेको थियो भने यो तालिम पनि स्थागित भएको छ । कार्यतालिका अनुसार बैसाख २६ गते देखि देशैभरका ४३ हजार गणकहरुलाई तालिम दिने तयारी थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

१० वर्ष पछि हुने जनगणना कार्यक्रम मात्र नभएर राष्ट्रिय पर्वको रुपमा लिएपनि तथ्याङक विभागले कार्यक्रमलाई अघि बढाउन नसके पछि सरकारसँग स्थागित गर्ने प्रस्ताव लगेको राष्ट्रिय योजना आयोगका उपसचिव दिवाकर लुङटेलले बताउनुभयो । गणकलाई तालिम दिए पछि तत्कालै जेठ २५ देखि फिल्डमा पुगेर असार ८ गतेसम्म गणना शुरु गर्ने कार्यतालिका रहेको थियो । विभागले जनगणनाका लागि करिव ८५ प्रतिशत काम सम्पन्न गरि सकेको जनाएको छ ।

 

एक गाउँपालिकामा १० जना सम्म गणक भएकाले ठूलो भीड हुने भएकाले सम्भावना कम भएको विभागको भनाई छ । नयाँ नयाँ व्यक्तिलाई जनगणनामा सामेल गराएकाले भर्चुअल माध्यमबाट तालिम असम्भव भएकाले स्वास्थ्य मापदण्ड अपनाएर समेत काम अघि बढाउन सकिने अवस्था नभए पछि स्थगित गर्नुको विकल्प नभएको उपसचिव लुङटेलले बताउनुभयो । तत्काल जनगणनाका लागि सुपरिवेक्षक र गणकको तालिम प्रभावित भयो यसले पनि कार्यतालिकामा असर पारेको छ, लुइँटेलले भन्नुभयो । विभागले १२ औं जनगणना गर्न प्रत्यक्ष रुपमा जनतासमक्ष पुग्नका लागि ४३ हजार गणक नियुक्त गरेको छ ।(गोरखापत्र )

प्रतिकृया