• २८ भदौ २०८३, आइतबार
  • ३ः१३ दिउँसो

धादिङ अस्पतालमा ओपिडी सेवा बन्द

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार ०९:२६

पवित्रा थापा मागर  धादिङ :   धादिङ अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ओपिडी सेवा बन्द हुने भएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै आजबाट लागु हुने गरी ओपिडी सेवा बन्द हुने जनाएको हो ।

National Life

 

बैशाख १५ गते र १७ गते अस्पतालमा कार्यरत स्वाथ्यकर्मीहरुको स्वाब संकलन गरी पठाईएको स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएपछी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन बमोजिम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु र सेवाग्राहीमा थप कोभिड संक्रमण बढ्न नदिन सावधानी अपनाउदै २० गतेबाट लागु हुने गरी ओपिडी सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

अस्पतालले तत्काल स्वास्थ्य उपचार गर्नुपर्ने तथा अत्यावश्यक अवस्थामा रहेका सेवाग्राहीहरु मात्र अस्पताल आई भीड कम गराएर कोभिडको जोखिम कम गर्नको लागि सहयोग गरिदिनुहुन अनुरोध समेत गरेको छ ।

प्रतिकृया