• 3:25 pm

हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार ०९:१७

काठमाडौँ :  सोमबार दिउँसो र राती देशका पहाडी भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना  रहेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग , मौसम पूर्वानुमान महाशाखले  जनाएको छ।

 

देशको प्रदेश १, प्रदेश २ तथा पहाडी भू-भागका केहि स्थानहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहेको छ ।सोमबार दिउँसो  देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखले  जनाएको छ।

 

 

राती भने देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन ,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखले  अनुरोध गरेको छ।

प्रतिकृया