• 3:14 am

‘अरबको खाडी’को बढ्दो चर्चा, छोटो समयमै १० लाख बढीले हेरे (भिडियो)

प्रकाशित मिति

May 3, 2021

काठमाडौं : ‘पब्लिक स्पीकर’तथा संचारकर्मी रमेश प्रसाईं र चर्चित गायिका मिलन नेवारको स्वरमा रहेको ‘अरबको खाडी’बोलको गीतले थप चर्चा बटुलेको छ । विदेश उडेको युवाको कथा र पूर्वेली भाका समेटिएको गीतको भिडियोमा छोटो समयमै १० लाख बढीले हेरिसकेका छन् ।

 

प्रेम चौलागाईको शव्द रहेको गीतलाई चर्चित संगीतकार राजनराज शिवाकोटीले संगीत भरेका छन् । ‘गीतमा नेपाली भुगोल, माटो, प्रेम र नेपाली युवाको दर्द उतार्ने प्रयास गरेको छु,’गीतकार चौलागाई भन्छन्, ‘वास्तवमा नेपाली युवाहरुलाई आफ्नो माटो छाडेर विदेश उड्दा पनि प्रेमले शक्ति र उर्जा दिन सकोस भन्ने सन्देश दिने प्रयास गीतले गरेको छ ।’ प्रेम आदित्य च्यानलबाट सार्वजनिक भएको गीतको भिडियो निर्देशक राजेश पुमा राईले गरेका छन । म्युजिक भिडियोमा मोडेल योगेन्द्र राई र सेसुका राईले अभिनय गरेका छन् ।

 

गीतमा अर्यानिक शब्दहरु साथै पूर्वी पहाडको कथाब्यथा समेटिएकाले गीतमा आफूले स्वर दिएको रमेशले प्रतिक्रिया दिएका थिए । रमेश आफूले डेब्यू गरेको यो गीतले राम्रो चर्चा बढुल्ने बताए । उनले भने,‘यस्ता गीत धेरै बनेका छन् तर ‘अरबको खाडी’ले विदेशीएको एक युवक र उसको प्रतिक्षामा छटपटाइरहेकी एक युवतीको मार्मिक कथा छ, गीतमा

 

प्रतिकृया