• २१ भदौ २०८३, आइतबार
  • १२ः४२ दिउँसो

एनआईसीकाे एकिकृत हेल्प डेक्स

प्रकाशित मिति

२०७८ बैशाख १६ गते, बिहीबार ०५:०६

काठमाडौ: देशका विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी भएसँगै एनआईसी एशिया बैंकले ग्राहकलाई सहज रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउनका लागि ‘एकिकृत हेल्प डेक्स’ सेवा सञ्चालन गरेको छ ।

National Life

 

यस असहज परिस्थितीमा ग्राहकहरूलाई बैंकले अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको जनाएको छ ।

Classic Tech Desktop

 

बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकहरूले बैंकको डिजिटल माध्यमहरू: मोबाइल/इन्टरनेट बैंकिङ्ग, वेबसाइट तथा आई सर्भिसको माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ्ग सेवाहरू लिन सक्नेछन् ।

 

उक्त डिजिटल माध्यमहरूबाट सेवा लिन कठिनाइ भएमा वा सेवा सम्बन्धी गुनासो भएमा वा कुनै जानकारी लिनु परेमा ग्राहकहरूले बैंकले खटाएका उक्त सेवासम्बन्धी विज्ञ अधिकृतहरूलाई सम्पर्क गरी सजिलै एवं यथासिघ्र समाधान पाउन सक्नेछन् ।

 

यसका लागि बैंकको टोल फ्रि नं. १६६०-०१-७७७१ वा सीप लाइन नं. ०१-५९७०१०१ मा सिधै फोन गर्न सकिन्छ र त्यहाँ उपलब्ध आईभीआर पद्धतिद्वारा ग्राहकहरूले बैंकका विभिन्न शाखाका अधिकारीसँग कुरा गर्न सक्नेछन् । जोखिमका बेला बैंकका सेवा सम्बन्धी जानकारी लिन यो सेवा प्रभावकारी हुने विश्वास लिएको बैंकले जनाएको छ ।

केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने कुरालाई मध्यजनर राख्दै बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैङ्कको उच्च ओहोदाका कर्मचारीहरुलाई नै अग्रपंतिमा उभिएर ग्राहक सेवामा सहयोग गर्न निर्देशन दिएको छ ।

प्रतिकृया