• २४ भदौ २०८३, बुधबार
  • ६ः३९ बेलुका

चीनले नेपालसहित पाँच देशका विदेशमन्त्रीसँग गर्‍यो छलफल, भाइरस संकटविरुद्ध सहकार्य गर्न मतैक्यता

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०५:५८

काठमाडौं : कोभिड १९ महामारीसँग लड्ने विषयमा नेपाल, चीन, अफगानिस्तान, बंगलादेश, पाकिस्तान र श्रीलंकाका विदेशमन्त्रीबीच मंगलबार भर्चुअल छलफल भएको छ ।

National Life

छलफलमा चिनियाँ विदेशमन्त्री वाङ यी, नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बाँकी मुलुकका विदेशमन्त्री सहभागि थिए । छलफलमा कोभिड महामारीसँग लड्नको लागि ६ वटा मुलुकबीच आपसी सहकार्य र एकता गर्नेबारे छलफल भएको थियो ।

परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार छलफलमा ठोस सहमति नजुटेपनि सहभागि मुलुकबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउने र कोभिडसँग जुध्नेबारे मतैक्यता भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालसहितका दक्षिण एसियाली मुलुकमा पछिल्लो समय भाइरस संक्रमण ह्वात्तै बढेको छ र यसले स्वास्थ्य प्रणालीमा जटिलता थपेको छ । भारतले भाइरस संकट खेपेको र उसले आपूर्ति गर्ने भनेको खोप प्रभावित भएको परिस्थितीमा चीनले छलफल चलाएको हो ।

प्रतिकृया