• २४ भदौ २०८३, बुधबार
  • ७ः०७ बेलुका

एकैदिन  ५० हजारले छाडे काठमाडौं

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०६:००

काठमाडौं बढदो क्रममा रहेको कोरोना संक्रमणका कारण १६ बैशाखबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएपछि काठमाडौं छाडेर गाउँ फर्कनेको भीड सुरु भएको छ । घर  फर्कनेमा अधिकाँश बिद्यार्थी रहेका छन्।

National Life

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार निषेधाज्ञा घोषणा भएको दिन सोमबार मात्रै ५० हजार व्यक्तिले काठमाडौं छाडेका छन् ।
महाशाखाकाले सोमबार मात्रै ५० हजार व्यक्तिले काठमाडौं छाडेको जानकारी दिएको  छ  । आज यो संख्या बढ्नसक्ने उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

काठमाडौंका नयाँ बसपार्क, पुरानो बसपार्कसहित काठमाडौंबाट बाहिरिने मुख्य नाका कलंकी, कोटेश्वर, जडीबुटी, वालाजु लगायतका क्षेत्रमा यात्रुहरुको भीड बढेको छ । गत बर्षको तुलनामा काठमाण्डौं छाड्नेको संख्या कम भएता पनि यो संख्या भने दैनिक भन्दा दोब्वरले बढि भएको व्यवसायीले बताएका छन्।

 

प्रतिकृया