• ३१ भदौ २०८३, बुधबार
  • २ः५५ दिउँसो

प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार

प्रकाशित मिति

२०७८ बैशाख ८ गते, बुधबार ०८:४२

जनकपुरको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरीले जनकपुर ब्युरो कार्यालयमा कार्यरत पत्रकारमाथि दुर्व्यवहार गरेको प्रति पत्रकार महासंघले प्रेस विज्ञप्ति जारी गरेको छ ।

National Life

पत्रकार राजकरण महतो अन्नपूर्णकर्मीको सञ्चार समाग्री मोबाइल नियन्त्रणमा लिएर प्रहरीले अपशब्द प्रयोग गर्दै थुन्ने चेतावनीसमेत दिएकामा निन्दननिय भएको भन्दै पत्रकार महासंघ जनकपुर शाखाका अध्यक्ष कमलेश मण्डलले प्रेस विज्ञप्तिम जारी गरेका हुन् ।

प्रहरी कार्यालय परिसरमा दुई पक्षबीच भइरहेको कुटाकुटको भिडियो र फोटो खिचेका महतोलाई हातपात गर्दै प्रहरीले मोबाइल नियन्त्रणमा लिएको थियो। इलाका प्रहरी कार्यालय परिसरमा आर्थिक लेनदेनको कपाली तमसुकको विषयमा मंगलबार दिउँसो भइरहेको छलफलमा दुई पक्षबीच कुटाकुट हुन थाल्यो।

Classic Tech Mobile
Classic Tech Desktop

सोही झगडाको महतोले भिडियो र फोटो कैद गरेका थिए। मोबाइल खोसेर पत्रकार महतोलाई प्रहरीले अपशब्द प्रयोग गर्दै थुन्ने चेतावनीसमेत दिएका थिए र कैद गरिएका फोटो र भिडियो डिलिट गरेका छन्।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले आफ्ना सचिवमाथि भएको घटनाको घोर निन्दा गरेका छन्। शाखा अध्यक्ष मण्डलले प्रेस विज्ञप्तिमा पत्रकार महतोको सञ्चार सामग्री खोसर सामग्री मेटाउने र दुव्र्यवहार गर्ने प्रहरीलाई तत्काल कानुनी दायरामा ल्याउन पत्रकार महासंघले माग गरेको छ। पत्रकार महतोको खोसिएको सञ्चार समाग्री प्रहरी नियन्त्रणमै छ।

घटनाको यथार्थ बुझ्न महासंघ महोत्तरी शाखाका उपाध्यक्ष हेमकुमारी बरालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।

प्रतिकृया