• १ असोज २०८३, बिहीबार
  • ७ः४४ बेलुका

चेल्सी, फुटबल लिगको चौथो स्थानमा पुग्न सफल

प्रकाशित मिति

२०७८ बैशाख ८ गते, बुधबार ०७:३९

ब्राइटनसँग गोलरहित बराबरी खेलेको चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा पुग्न सफल भएको छ ।

National Life

चेल्सीले लिगमा ३२ खेलबाट ५५ अंक बटुलेको छ । समान अंक रहेको वेस्टह्यामलाई गोलअन्तरमा पछि पार्दै चेल्सी चौथो स्थानमा पुग्न सफल भएको हो ।

खेल सुरु हुनअघि चेल्सीले प्रस्तावित युरोपेली सुपर लिगबाट नाम फिर्ता गर्ने तयारी थालिरहेको थियो । यता भने रंगशालाबाहिर समर्थकहरु पनि क्लबको निर्णयको विरोध गर्दै नाराबाजीमा थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

यस उतार-चढावको समय खेलिएको खेलमा अधिकांश समय बल होल्ड गरेपनि चेल्सीले खासै आक्रमण बुन्न सकेको थिएन । चेल्सीले गोलका लागि ७ पटक प्रहार गर्दा ब्राइटनले ११ पटक प्रयास गरेका थिए ।

(एजेन्सी)

प्रतिकृया