• ३१ भदौ २०८३, बुधबार
  • ३ः३६ दिउँसो

दश वर्षमा पनि बनेन पुल

प्रकाशित मिति

२०७८ बैशाख ८ गते, बुधबार ०६:५५

पाँचथर: पाँचथर र तेह्रथुम जिल्लालाई जोड्ने, तमोर नदीको लुमुघाटमा मोटरेवल पुल निर्माणको काम सुरु भएको एक दशक बित्यो । तर, हालसम्ममा कामको प्रगति भने ६० प्रतिशत मात्र देखिएको छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने पुलको काम एक दशकमा पनि पूरा हुन नसकेको हो ।

National Life

समयमै पुल नबन्दा मोटरगाडिबाट तमोर वारि–पारि गर्ने स्थानीयको सपना पनि पूरा हुन सकेको छैन । दक्षिण पश्चिमी पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाको तल्लो क्षेत्रका स्थानीयको प्रमुख बजार तेह्रथुम सदरमुकाम म्याङ्लुङ र छथर गाउँपालिकाको केन्द्र शुक्रबारे हो ।

जिल्ला सदरमुकाम फिदिम टाढा पर्छ । स्थानीय उपज बिक्री गर्न र आवश्यक किनमेल गर्न छिमेकी जिल्लाको बजार पुग्नुपर्ने त्यहाँको बाध्यता हो । पाँचथरबाट तेह्रथुम जान तमोर नदी तर्नुपर्छ । त्यसैले अन्तरजिल्ला आवतजावत गर्न सहज होस भनेर लुमुघाटमा मोटरेवल पुल निर्माणको काम अघि बढाइएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

तर, २०६९ सालमा निर्माणकार्य सुरु हुँदा दुई बर्षमा बनिसक्छ भनिएको पुल अहिलेसम्म पनि नबन्दा स्थानीयबासीले लुमुघाटबाट तमोर तर्न २०३५ सालमा बनेको झोलुङ्गे पुलकै सहारा लिनुपरेको छ ।

वारि–पारि दुबैतिर सडक पुगेको छ । तर, बीचको तमोर नदीमाथि पुल बनिनसक्दा स्थानीयले सास्ती खेप्नु परेको कुम्मायक–५, स्याबरुम्बाका भैरब बहादुर बुढाथोकीले बताए । कामले म्याङ्लुङ वा शुक्रबारे बजार जाँदा झोलुङ्गे पुल तरेर जाने उनले छेउमै बन्दै गरेको मोटरेवल पुललाई टुलुटुलु हेर्दै बाटो काटेको दश वर्ष भयो । तर, अझै पुल नबनेको उनले गुनासो गरे ।

(राजधानी दैनिक)

प्रतिकृया