• १२ असोज २०८३, सोमबार
  • ७ः२१ बेलुका

गलले हिर्काएर भाउजूको हत्या, हत्या पछि प्रहरी कार्यलय पुगेर आत्मसमर्पण

प्रकाशित मिति

२०७८ बैशाख ५ गते, आईतवार ०१:५४

काठमाडौँ:  काठमाडौँका एक युवकले भाउजूको हत्या गरेर प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। शनिबार साँझ काठमाडौँ महानगरपलिका–१० स्थित बुलबुले मार्गमा देवरले भाउजूको हत्या गरेका हुन्।

National Life

 

 

Classic Tech Mobile
Classic Tech Desktop

बानेश्वरस्थित मदन भण्डारी कलेज नजिकै पसल चलाउने मोहनराज भण्डारीले भाउजू रोशनीराज भण्डारीको हत्या गरेर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् प्रहरीका अनुसार मोहनराजले फलामको गलले हिर्काएर भाउजूको हत्या गरेका हुन्। हत्यापछि उनी ट्याक्सी चढेर महानगरीय प्रहरी परिसर टेकुमा आत्मसमर्पण गर्न पुगेका थिए।

 

 

भाउजूको हत्या गरेर ‘आत्मसमर्पण गर्न’ आएको बताएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। हत्यामा प्रयोग भएको गल बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिकृया