• ११ असोज २०८३, आइतबार
  • ४ः०४ बिहान

बालकृष्ण अधिकारी सृजनशील पुरस्कार घोषणा

प्रकाशित मिति

२०७८ बैशाख ५ गते, आईतवार ०८:३६

 काठमाडौं: सिताराम पदम कुमारी फाउण्डेसनको प्रथम साधारण सभामा बालकृष्ण अधिकारी सृजनशील पुरस्कार घोषणा गरेको छ । वरिष्ट समाज सेवी स्व. सिताराम ढकालका मानवीय र सामाजिक सेवाका कार्यलाई निरन्तरता दिन स्व. ढकालका परिवारले फाउण्डेसनको स्थापनाको कार्यक्रमासाहित्यकार बिन्दु अधिकारी ढकालले आफ्ना पिता साहित्यकार (अक्सिजन कवि) स्व. वालकृष्ण अधिकारी ‘धनकुटे‘को नामबाट ‘बालकृष्ण अधिकारी सृजनशील‘ पुरस्कारको घोषणा  सभामा गरेको हो  ।

National Life

 

 स्व. सिताराम ढकालले आफ्नो जन्म स्थान भोजपुर चरम्बीमा रहदा त्यस ठाउँको शैक्षिक, सामाजिक एवं विकास निर्माणका कार्यमा ठुलो योगदान पुर्याउनुभएको थियो । त्यसैगरी बसाई सरेर काठमाडौं कोटेश्वर आए देखि कोटेश्वरको समाज सेवा र विकास निमार्णमा आफुलाई समर्पित गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

यसका साथै अग्रज समाज नेपालको वरिष्ठ उपाध्यक्षको रुपमा विगत ७ वर्षदेखि क्रियासिल भई ज्येष्ठ नागरिक आन्दोलन मार्फत जेष्ठ नागरिक हक हितका लागि महत्वपूर्ण योगदान पुर्याउनुभयो । गत पौष २० गते निधन हुनु भएका ढकालको यिनै सामाजिक सेवाका कार्यलाई निरन्तरता दिन फाउण्डेसनको स्थापना गरिएको कुरा उहाँका छोरा प्रहरी वरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले बताउनु भयो ।

 

कार्यक्रममा संस्थाका अध्यक्ष विश्वमणी गौतमको अध्यक्षतामा प्रमुख अतिथि पूर्व मन्त्री एवं माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले स्व. सिताराम ढकालको समाज सेवाको कुरालाई सबैले अनुसरण गर्नु पर्ने बताउनुभयो । उक्त समारोहमा पूर्व मन्त्री टंक ढकाल, शंकर कोइराला, पूर्व सचिव चन्द्र धिमिरे, कोटेश्वरका समाज सेवीहरु नवराज गौतम, नरेन्द्र खतिवडा (निर्मल) लगायतले स्व. ढकालको सामाजिक सेवा विषयमा चर्चा गर्नु भएको थियो ।

 

साहित्यकार बिन्दु अधिकारी ढकालले आफ्ना कृतिहरु कविता संग्रह ‘विन्दुहरु‘ र कथा संग्रह ‘मावली दिदी‘को बिक्रीबाट आएको रकमको ब्याजले वर्षमा एक पटक एक साहित्यकारलाई सम्मानित गरिने कुरा बताउनुभयो । उक्त रकम यही फाउण्डेसनमा रहने समेत जानकारी गराउनुभयो । प्रथम साधारण सभाले सात सदसीय सल्लाहकार समिती नौ सदसीय पदाधिकारी समिति तथा विभिन्न विषयगत समितिहरुको पनि गठन गरेको कुरा नवगठित समितिका अध्यक्ष विश्वमणी गौतमले बताउनुभयो ।

प्रतिकृया