मेयर कप तथा राष्ट्रिय जुनियार तेक्वान्दो प्रतियोगिता सम्पन्न
प्रकाशित मिति
२०७८ बैशाख ५ गते, आईतवार ०९:१९
काठमाडौँ : प्रथम महालक्ष्मी मेयर कप तथा राष्ट्रिय जुनियार आईटिफ तेक्वान्दो प्रतियोगिता-२०२१ ललितपुरको महालक्ष्मी नगरपालिकामा सम्पन्न भएको छ ।
चाङ्गाथली आईटिएफ तेक्वान्दो एकेडेमीको आयोजना र महालक्ष्मी नगरपालिका ललितपुरको व्यवस्थापनमा “प्रथम महालक्ष्मी मेयर कप तथा राष्ट्रिय जुनियार (आई.टि.एफ) तेक्वान्दो प्रतियोगिता २०२१” शनिबार सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन महालक्ष्मी नगरपालिका नगरप्रमुख रामेश्वर श्रेष्ठले गरेको आयोजकले बताएको छ ।
कार्यक्रमको सभापतित्वमा चाङ्गाथली आईटिएफ तेक्वान्दोका अध्यक्ष बिकास के.सी.ले गरेका थिए भने विशेष आतिथ्यतामा महालक्ष्मी नगरपालिकाका नगर उप-प्रमुख निर्मला थापाको उपस्थिति रहेको थियो । साथै सोही नगरपालिकाका प्रशासकीय प्रमुख पुरुषोत्तम सापकोटा, युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख चिरञ्जीवी पौडेल, वडा नं ७ का वडा अध्यक्ष नकुल थापा, वडा नं १ का वडा अध्यक्ष नन्द कुमार न्यौपाने, वडा नं २ का अध्यक्ष श्मबहादुर के.सी , वडा नं ४ का अध्यक्ष लक्ष्मण रोक्का सहित नगर कार्यपालिका सदस्य र वडा सदस्यहरू, विभिन्न संघ संस्थाका पदाधिकारीहरू, समाजसेवीहरू लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा विभिन्न प्रदेशबाट ३०० भन्दा बढी खेलाडी, कोच, अफिसियलहरुको सहभागिता रहेको नगरपालिकाको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले जनाएका छन् ।
प्रतियोगितामा महिला तर्फको विभन्न विधाका विजेताहरूमा १५-२० के।जी विधामा सुरक्षा लामा प्रथम, सजनी खड्का दोस्रो र महिमा बस्नेत तेस्रो भएका हुन् । २०-२५ के.जी विधामा सुप्रिना लामा प्रथम, रिया श्रेष्ठ दोस्रो र अनामिका लिम्बु र दिक्षा तिवारी तेस्रो,२५-३० के.जी विधामा जेजिना थापा प्रथम, प्रकृती मगर दोस्रो;३०-३५ के।जी विधामा राधिका कार्की प्रथम, सुजिना तामाङ्ग र सिद्धिका कुँवर दोस्रो र स्वीकृती गिरी तेस्रो;३५-४० के.जी विधामा अन्सिष कार्की प्रथम, रोलिना तामाङ्ग दोस्रो र एन्जल श्रेष्ठ र अरुणा निरौला तेस्रो ;४०-४५ के.जी विधामा मनिषा तामाङ्ग प्रथम, सिमा थापा दोस्रो र शर्मिला पौडेल तेस्रो; ४५-५० के.जी विधामा करुणा गौतम प्रथम, आयुषना घिमिरे दोस्रो, आस्था के।सी र एलिजा राउत तेस्रो भएका छन् ।
त्यस्तै पुरुष तर्फका विभिन्न विधाका विजेताहरूमा १५-२० मा सुजन पुन मगर प्रथम, आरुष कार्की दोस्रो, सहिल रसाईली र बिनित मगर तेस्रो;२०२५ मा रिजन भारती प्रथम, सदिक राज थापा दोस्रो, पासाङ्ग तामाङ्ग र युगल मल्ल तेस्रो; २५-३० मा प्रसन्न बि.क. प्रथम, मन्जिल मग्राती दोस्रो, निस्चल मल्ल र राजेश तामङ्ग तेस्रो;३०-३५ मा दिपजल ठकुरी प्रथम, निरन तामाङ्ग दोस्रो, सुरज चालिसे र प्रबिन तामाङ्ग तेस्रो; ३५-४० मा अनुश राई प्रथम, राम चन्द्र बोलाखे दोस्रो, प्रबिन के.सी र आयुश बिष्ट तेस्रो; ४०-४५ मा मिलन लामा प्रथम, बिसुब जङ्ग कुँवर दोस्रो, निस्चल तामाङ्ग र बिबेक अधिकारी तेस्रो; ४५-५० मा समीर थापा प्रथम, निमा घिसिङ्ग दोस्रो, क्षितिज तामाङ्ग र अर्पण कार्की तेस्रो भएका छन् ।
विभिन्न विधाका विजेताहरूलाई वडा नं १, २, ४ र ७ का वडा अध्यक्षहरूसहित अन्य अतिथिहरूले पुरस्कृत गरेका छन् । प्रतियोगितामा महिला उत्कृष्ट खेलाडी मनिशा तामाङ्ग र पुरुष उत्कृष्ट खेलाडी समीर थापा भएका छन् । टिम च्याम्पियनको उपाधी बागमती प्रदेशले र गण्डकी प्रदेश टिमले दोस्रो हासिल गरेको छ । उत्कृष्ट खेलाडीहरू र टिम दोस्रोलाई ट्रफीसहित नगद पाँच हजार र टिम च्याम्पियनलाई ट्रफीसहित नगर दश हजार प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुखले विजेता खेलाडीहरूलाई बधाई दिदै आगामी दिनहरूमा थप सफलता मिलोस् भन्ने शुभकामना दिए भने सहभागी खेलाडीहरूलाई सहभागिता आफैमा एक प्रकारको जीत हो, खेलमा हुने हारजीतलाई सामान्य रुपमा लिई आगामी दिनमा थप उत्साह र लगनका साथ खेलमा निरन्तरता दिन हौसला प्रदान गर्नु भयो । साथै, उहाँले महालक्ष्मी नगरपालिकाले आगामी दिनमा पनि खेलाडीहरूलाई आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
उहाँले खेलाडीहरूको सफलताका पछाडी उनीहरूको अत्मविश्वास, लगनशीलता, खेलप्रतिको साधना, निरन्तर अभ्यासका साथै उनीहरूको कोच, ट्रेनर, परिवार र साथीहरूको पनि उतीकै भूमिका रहने हुँदा नगरप्रमुखज्यूले उहाँहरूलाई पनि बधाई तथा शुभकामना दिएका छन् । विजेता खेलाडीहरूले आगामी दिनमा कुनै किसिमको अहम राख्न नहुने र सधै अनुशासित रहि खेलमा सिकेका कुस्तिको कलालाई खेलामा मात्रै सिमित राख्न आग्रहसमेत गरेका छन् । प्रतियोगिता सञ्चालनको विश्राम समयमा प्रतिभाशाली बालबालिकाहरूबाट नृत्य प्रदर्शन पनि भएको थियो ।कार्यक्रमका सञ्चालन भने दिप श्रेष्ठले गरेका थिए ।







प्रतिकृया