• ११ असोज २०८३, आइतबार
  • ५ः४० बिहान

पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल सात महिना पछि सर्‍यो

प्रकाशित मिति

२०७८ बैशाख ५ गते, आईतवार ०८:२१

काठमाडौंँ: दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल कार्य सात महिना पछि सरेको छ । भूगर्भ विभागले गत तिहारपछि ड्रिल गर्ने योजना बनाए पनि कोरोना महामारीका कारण काम सुरु भएको थिएन ।

National Life

वर्षा लागेपछि ड्रिल गर्न नसकिने भएकाले आगामी तिहारपछि मात्र ड्रिलको काम सुरु गर्ने योजना रहेको विभागका उपनिर्देशक सुधिर रजौरेले जानकारी दिए । पेट्रोलियम पदार्थ अन्वेषण र अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेका सदस्यहरू छ महिनाअघि नेपाल आउने तयारी थियो ।

स्थलगत अध्ययनका लागि अहिले पनि आउने तयारी भइरहेको रजौरेले जानकारी दिए । ड्रिल गर्नुपूर्व एक पटक स्थलगत अध्ययन हुने उनको भनाइ छ । ड्रिल सामग्री पनि चीनबाट ल्याउन पर्ने भएकाले ढिलाइ भइरहेको विभागले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

गत मङ्सिरदेखि ड्रिल सुरु गर्ने बताएको विभागले कोरोना भाइरसका कारण मङ्सिरमा सम्भव नभएको भन्दै फागुनदेखि ड्रिल गर्ने बताइएको थियो तर अब भने फेरि आगामी मङ्सिरबाट ड्रिल गरिने छ ।

लामो समयको बन्दाबन्दीका कारण ड्रिल गर्ने औजार ल्याउन नसकिएको विभागले जनाएको छ । अध्ययन टोलीले ड्रिल गर्ने स्थानको पहिचानसहितको प्रतिवेदन विभागलाई पठाइसकेको छ ।

(गोरखापत्र दैनिक)

प्रतिकृया