• ११ असोज २०८३, आइतबार
  • ७ः०७ बिहान

प्रिमियर लिग क्रिकेटमा मुम्बई इन्डियन्स विजयी

प्रकाशित मिति

२०७८ बैशाख १ गते, बुधबार ०८:३०

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ ।

National Life

चेन्नईमा भएको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गरेको हो ।

१५३ रनको लक्ष्य पछ्याएको कोलकाताले सात विकेटको क्षतिमा मात्रै १सय ४२ रन बनाउन सक्यो । उसका लागि नितिश राणाले ४७ बलमा ५७

Classic Tech Mobile
Classic Tech Desktop

तथा शुबमन गिलले २४ बलमा ३३ रन बनाए पनि जितका भने लागि आवश्यक रन बनाउन सकेनन् ।

पहिले ब्याटिङ्ग गरेको मुम्बईले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५२ रन बनाएको थियो । उसका लागि सूर्यकुमार यादवले ३६ बलमा ५६ तथा कप्तान रोहित शर्माले ३२ बलमा ४३ रनको योगदान दिए ।

(फाइल तस्विर)

प्रतिकृया