• १० असोज २०८३, शनिबार
  • १२ः३९ राती

देशवासीलाई नयाँ वर्ष २०७८ को अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली भन्छन् ‘अर्थतन्त्रभन्दा पहिला जनता ‘

प्रकाशित मिति

२०७८ बैशाख १ गते, बुधबार ०८:४४

काठमाडौँ :  नयाँ वर्ष २०७८ को अवसरमा देशवासीका नाममा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सबभन्दा पहिला जनताको जीवन रक्षालाई प्राथमिकता दिइएको बताएका छन्  ।

National Life

उनले मुलुकको अर्थतन्त्रभन्दा पनि जनताको जीवनलाई पहिलो प्राथमिकतामा राखेर कोरोनासँग सरकार लडेको बताएका छन् ।

‘जनताको जीवन बचाउन सकियो भने शिक्षालयहरू चल्नेछन्, उद्योग कलकारखानाहरू खुल्नेछन् । केही समयलाई बन्द रह्यो भने पनि जनताको जीवन बच्यो भने पछि चल्नेछन्,

Classic Tech Mobile
Classic Tech Desktop

जीवन रहेन भने फेरि कुनै पनि कुरा चल्न सक्दैन’, उनले भने ‘अरू सबै कुरा भन्दा र मुलुकको अर्थतन्त्रभन्दा पनि नागरिकको जीवन पहिलो हो ।’

उनले सरकारले मानव जीवनलाई नै प्राथमिकतामा राखेर नीति अंगिकार गरिएकाले त्यसमा ‘असफल नभएको’ बताए ।‘सही नीतिकै कारण तुलनात्मक रूपमा कम क्षति भयो’, उनले भने ।

प्रतिकृया