• २४ भदौ २०८३, बुधबार
  • १ः३१ दिउँसो

बागलुङमा किङ कोब्रा भेटियो

प्रकाशित मिति

२०७७ चैत्र २८ गते, शनिबार ०२:४२

बागलुङ:  बागलुङ नगरपालिका वडा नं. ७ मुलपानीमा बिषालु सर्पको प्रजाती किङ कोब्रा सर्प भेटिएको छ । स्थानीय सुदिप गौतमको घरमा उक्त सर्प भेटिएको हो ।
सर्प भेटिएपछि घरपरिवारले प्रहरी र डिभिजन वन कार्यालयमा खवर गरेका थिए ।

National Life

 

उक्त खवर पाएपछि पोखराबाट ‘सर्प संरक्षण समाज पोखरा’का अध्यक्ष महेन्द्र कतिलाको टोलीले आएर उक्त सर्प अन्यत्र पठाएको छ । कतिलाका अनुसार किङ कोब्रा नेपालको २ हजार २ सय मीटर सम्म पाइन्छ । शुक्रवार भेटिएको स्थान भने १ हजार ५ सय मीटरका हाराहारीमा पर्छ । सुरक्षामा खटिएका प्रहरीले उक्त सर्प १२ फिट लामो र ५ केजी तौलको भएको बताए । सर्पनै खाने यो सर्प केही खाएर आराम गरेको बेलामा घर भित्र पसेको हुन सक्ने उनले अनुमान गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

लामो अध्ययनको क्रममा पनि यो सर्पले जो पायो त्यसैलाइ नटोकेको भेटिएकोले मार्ने वा अन्यत्र लाने नगरी गाउ नजिकै छाडेको बताए । प्राय किङ कोब्राले टोक्दैमा बिष लाग्छ भन्ने समेत नभएको उनले बताए । ‘यो सर्पले चाहेको बेला मात्र बिष बमन गर्छ’ उनले भने, ‘बिष बमन गरेको खण्डमा टोकेको ३० मीनेटमै मानिसको मृत्यु हुन्छ ।’

सहायक वन अधिकृत सन्दीप पौडेलका अनुसार पछिल्लो समय बागलुङ बजार आसपासमा किङ कोब्रा र अन्य प्रजातीका बिषालु सर्प देखिन थालेकोले अस्पतालमा औषधि उपचारको व्यवस्थापन समेत गर्नुपर्ने माग माग गरेका छन् ।

प्रतिकृया