• २४ भदौ २०८३, बुधबार
  • ४ः३८ बेलुका

लकडाउन तोडेको भन्दै ३०० पटक गराइयो उठ्बस्, युवकको मृत्यु

प्रकाशित मिति

२०७७ चैत्र २५ गते, बुधबार ०५:०८

फिलिपिन्समा एक व्यक्तिले लकडाउनको नियम तोड्दा उनलाई पक्राउ गरियो । उनलाई थुप्रैपटक उठ्बस् गर्न लगाइयो जसका कारण यी व्यक्तिको हालत यति खराब भयो कि उनको ज्यान नै गयो । अब यो मामिलामा प्रहरीमाथि दबाब बनेको छ ।

National Life

गत बिहिबार मनिलाको एउटा प्रान्तमा २८ वर्षका डेरेन पिउने पानी किन्न बेलुका ६ बजे निस्किएका थिए । यद्यपि, लकडाउन भएका कारण उनलाई एउटा स्थानीय समूहले पक्राउ गरेर प्रहरी स्टेशनमा बुझाए । प्रहरी स्टेशनमा उनलाई सयौंपटक उठ्बस् गर्न लगाइयो ।

डेरेन भोलिपल्ट बिहान ८ बजे घर पुगे । घर पुग्दा उनी कसैको सहयोग बिना हिँड्न नसक्ने भएका थिए किनभने उनी असाध्यै थाकेको डेरेनकी पार्टनर रेचेलिन बाल्सले जानकारी दिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनी थप्छिन्, ‘उनी त्यो दिनभरी हिँड्न संघर्ष गरिरहे । उनी घिस्रिरहेका थिए । त्यहि दिन बेलुका उनको मुटुले काम गर्न बन्द गर्‍यो । उनलाई केही क्षणका लागि ब्यूँताउन त सकियो तर उनको बेलुका १० बजे निधन भयो ।

‘डेरेनले उनलाई प्रहरीले सयपटक उठ्बस् गर्न लगाएको बताएका थिए । तर उनले लगभग ३ सयपटक उठ्बस् गर्नुपर्‍यो, जसका कारण उनको स्थिति खराब भएको थियो ।’

‘आखिर डेरेनले सयको साटो किन तीन सयपटक उठ्बस् गर्नुपर्‍यो रु’

यसबारे रेचेलिन फेसबुकमा पोस्ट लेख्दै भनेकी छिन्, ‘वास्तवमा उनीसँगै अर्का एक व्यक्ति पनि पक्राउ परेका थिए । उठ्बस् गर्दा उनीहरुबीच तालमेल नमिलेका कारण प्रहरीले उनीहरुको सजाय बढाइरहेका थिए । यसरी नै उनीहरुले तीनसय पटक उठ्बस् गर्नुपरेको थियो । ’ उनले स्थानीय मिडियालाई एउटा भिडियो पनि देखाएकी छिन् जसमा डेरेनलाई खुट्टा खोच्याइरहेको देख्न सकिन्छ ।

स्मरण रहोस्, फिलिपिन्समा कोरोना भाइरस महामारीका कारण निकै अफ्ठेरो स्थिति सृजना भएको छ । ६ अप्रिलसम्म यो देशमा ८ लाखभन्दा बढी संक्रमित थिए र यहाँ यो महामारीका कारण हालसम्म १३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिकृया