• १ असोज २०८३, बिहीबार
  • १ः४१ राती

भारतको छत्तीसगढमा माओवादीको आक्रमणस् २२ सुरक्षाकर्मीको मृत्यु

प्रकाशित मिति

२०७७ चैत्र २२ गते, आईतवार ०१:३२

भारतको छत्तीसगढमा माओवादीसँगको भिडन्तमा ज्यान गुमाउने सुरक्षाकर्मीको संख्या २२ पुगेको छ। शनिबार बीजापुर क्षेत्रमा माओवादीसँगको भएको भिडन्तको क्रममा मृत्यु हुनेको संख्या बढेको नक्सल अपरेशनका डिजी अशोक जुनेजाले बताएको बिबिसीले उल्लेख गरेको छ।

National Life

उनले भनेका छन्, ‘घटनास्थलमा पुगेको सुरक्षा टोलीले आइतबार २० शव संकलन गरेको छ। यस्तै माओवादीहरुले घाइते साथीहरुलाई तीनवटा ट्रयाक्टरमा राखेर लगेको जानकारी पनि प्राप्त भएको छ।’ घटनास्थलमा सुरक्षाकर्मीको शव यत्रतत्र रहेको र आइतबार त्यहाँ पुगेको टोलीले शव संकलन गरेको विभिन्न स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।पछिल्लो केही वर्षयता छत्तीसगढमा माओवादीले गरेको यो ठूलो आक्रमण हो।

 

Classic Tech Mobile
Classic Tech Desktop

भारतका गृहमन्त्री अमित शाह तथा छत्तीसगढका मुख्य मन्त्री भूपेश बघेलले घटनाप्रति दुःख व्यक्त गरेका छन्। मुख्यमन्त्री बघेलले सुरक्षकर्मीको बलिदान खेर नजाने बताएका छन्। शुक्रबार सुकमा र बीजापुरका विभिन्न स्थानबाट सिआरपिएफ, डिस्ट्रिक्ट रिजर्व गार्ड, स्पेशल टास्क फोर्स र कोबरा बटालियनका दुई हजार ५९ जवान गस्तीका लागि निस्किएका थिए।

 

त्यसमध्ये नरसापुर क्याम्पबाट ४२०, मिनपा क्याम्पबाट ४८३, उसुर क्याम्पबाट २००, पामेड क्याम्पबाट १९५ तथा तर्रेम क्याम्पबाट ७६० जवान थिए। गस्तीबाट फर्किने क्रममा शनिबार तर्रेम चौकी नजिक जोन्नागुण्डा जंगलमा माओवादीले आक्रमण गरेका हुन्। भिडन्तमा घाइते भएका ३७ जवानलाई बीजापुर र रायपुरका अस्पतालमा भर्ना गरिएका छन्।

प्रतिकृया