• १ असोज २०८३, बिहीबार
  • ५ः११ बिहान

प्रभु क्यापिटलले दियो विद्यार्थी हरुलाई सेयरबजार सम्बन्धी तालिम

प्रकाशित मिति

२०७७ चैत्र २२ गते, आईतवार ०१:३८

काठमाडौं : प्रभु क्यापिटल लिमिटेडले राजधानी कलेजमा एमबीएमा अध्ययनरत विद्यार्थीहरुको लागि सेयरबजार सम्बन्धी १ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । चैत्र २१ गते सम्पन्न कार्यक्रममा कलेजका एमबीएमा अध्ययनरत करिब ३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

National Life

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा सेयरबजारसँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यसैगरी, चैत्र २१ गते शनिबार नै इटहरी जेसिजको आयोजना तथा प्रभु क्यापिटल लिमिटेडको सह आयोजनामा इटहरीमा १ दिने सेयरबजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । इटहरी स्थित दुर्गा पार्टी प्यालेसको तालिम हलमा सञ्चालित तालिम कार्यक्रममा १५० भन्दा धेरै सहभागीहरुको सहभागिता रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रभु क्यापिटल लिमिटेडका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरी, प्रशिक्षक सन्तोष राज बजगाईं तथा अशोस सिटौलाले तालिम प्रदान गरेका थिए ।

सेयर बजार सम्बन्धी आधारभूत कुराहरु, प्राथमिक तथा दोश्रो बजार, सेयर बजारमा दीर्घकालिन लगानी गर्दा हुने प्रतिफलको फाइदा, आधारभूत विश्लेषण तथा प्राविधिक विश्लेषण सम्बन्धी विषयहरु समेटेर तालिम कार्यक्रम सञ्चालन गरिएको प्रभु क्यापिटलले जनाएको छ ।

प्रतिकृया