• २५ भदौ २०८३, बिहीबार
  • ८ः५२ राती

नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक विच बैंकिङ्ग साझेदारी सम्झौता

प्रकाशित मिति

२०७७ चैत्र २० गते, शुक्रबार ०५:१८

नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक लि.का विच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको छ ।  आज एक कार्यक्रम विच उक्त संझौता सम्पन्न भएको बैंकले जनाएको छ । शुक्रबार लुम्विनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोह विच प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द्रअधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गर्नभयो ।

National Life

कार्यक्रममा आफ्ना मन्तब्य राख्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक श्री सुदिप फुयाल ज्यूले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाईदाहरु बारे जानकारी गराउदै औषधी व्यवसायीहरुलाई क्यूआर कोडको वितरण पनि गरिएको थियो ।

 

Classic Tech Mobile
Classic Tech Desktop

 कार्यक्रमा बोल्दै नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैंक तथा ब्यवसायी विच सुमधुर सम्बन्ध हुनुका साथै ब्यवसाय विस्तार तथा प्रबद्र्घनमा उल्लेख्य टेवा पुग्ने कुरा बताउनु भयो । प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार केन्द्रअधिकृत सुनिल रानाले बैंकका विभिन्न सेवा सुविधाहरुको बारेमा प्रष्ट पार्नु भयो ।

प्रतिकृया