नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनीका मिति परिवर्तन, आगामी भदौ १८ देखि हुने
प्रकाशित मिति
२०७७ चैत्र २० गते, शुक्रबार ०५:०९
यही चैत्र २७, २८ र २९ गते आयोजना गर्ने भनिएकोे चाौंथो नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनी छिमेकी मुलुकहरुमा बढेको कोभिडको कारण हाललाई स्थगित भएको छ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयल तथा जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको अनुरोधलाई मध्यनजर गर्दै यस अन्तर्राट्रिय प्रर्दशनीको मिति परिवर्तन गरिएको हो ।
‘नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको यस अनुरोधले प्रर्दशनीमा भाग लिन आउने स्वदेशी तथा बिदेशी कम्पनीहरु एवं देशका विभिन्न स्थानबाट अवलोकन गर्न आउनुहुने महानुभावहरुलाई पर्न सक्ने स्वास्थ्य एवं आवत जावतमा समस्यालाई मध्यनजर गर्दै यस पद्र्रशनीलाई २०७८ साल भदौ १८ देखि २० गते को लागि मिति परिवर्तन गरिएको जानकारी गराउदै, यस परिर्वतनले प्रदर्शनीका प्रायोजक, सहभागी कम्पनिहरु, अवलोकनकर्ताहरु तथा सहयोगी संस्थाहरुलाई पर्न जाने असुविधा प्रति हामी क्षमाप्राथी छौ’ विज्ञप्तीमा उल्लेख छ ।






प्रतिकृया