• २५ भदौ २०८३, बिहीबार
  • ६ः२८ बेलुका

ललितपुरको नख्खुमा बर्ड फ्लु भेटियो

प्रकाशित मिति

२०७७ चैत्र १७ गते, मंगलवार ०८:४६

काठमाडौं:  ललितपुर महानगरपालिका–१४ को नख्खुमा कृषकले पालेका पशुपन्क्षीमा बर्ड फ्लु देखिएको छ।

National Life

 

पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले नख्खुमा हाँस, कुखुरा तथा बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

 

नेपालमा यस वर्ष बर्ड फ्लु देखिएको यो छैटौँ पटक हो। यसअघि सुर्खेत, जाजरकोट तथा काठमाडौँको तारकेश्वरको तीन ठाउँमा बर्डफ्लु देखिएको थियो।

 

बर्ड फ्लु पुष्टि भएको क्षेत्रबाट अन्यत्र फैलिन नदिन त्यहाँ रहेका पशुपक्षीलाई तत्काल नियन्त्रणमा लिनका लागि संघ, प्रदेश र स्थानीय तहबाट दक्ष जनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण निसंक्रमण समेत गरिसकेको ढकालले जानकारी दिए।

उक्त क्षेत्रका ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ वटा अण्डा, ३३५ केजी दाना नष्ट गरिएको छ।

प्रतिकृया