• ०६:५४ २०८१ बैशाख ७ गते
  • 6:54 am

आजको मौसम पूर्वानुमान

प्रकाशित मिति

२०७७ चैत्र १६ गते, सोमबार ०८:३७

weather in nepal chris potter

काठमाडौं:  हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

 

सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही, बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

बुधबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ का पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया