• २२ भदौ २०८३, सोमबार
  • १ः२१ राती

घरघर पुग्यो मेलम्चीको पानी

प्रकाशित मिति

२०७७ चैत्र १५ गते, आईतवार ०४:५१

काठमाण्डौं:  मेलम्चीबाट आएको पानी काठमाडौँबासीमा घर घरमा पुगेको छ । अघिपछि बन्द रहने धाराबाट पानी आएपछि स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । आइतबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले महाङ्कालस्थित पानी सङ्कलन तथा प्रशोधन केन्द्रबाट चावहिल, सरस्वतीनगर, गौशाला, एयरर्पोट क्षेत्रका वितरण प्रणालीमा पानी पठाएको हो ।

National Life

काठमाडौँ चुच्चेपाटीका माधव डंगोलले पनि मेलम्चीको पानी धाराबाट झर्दा खुसी व्यक्त गरे । उनले भने–‘यसरी पानी झर्दा त खुसी नै लागिरहेको छ । सधैंभरी यसरी नै पानी आइरहे त राम्रै हो । पहिलेजस्तो नहोस् ।’ पहिले ३ दिनमा २ घण्टा पानी पानी आाउदा समस्या भएको बताउँदै उनले ड्रममा पानी भरेर राख्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘अब सधैंभरी यसरी नै पानी आयो भने ड्रममा भरेर राख्नुपरेन । समस्याको हल भयो ।’

होली पर्वका दिन पारेर महाङ्काल पानी ट्याङ्कीबाट भल्भ खोलेर केयूकेयलका कार्यकारी निर्देशक मिलन कुमार शाक्य, काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा, महांकाल चौर शाखा प्रमुख उमेश मरहट्टा र खानेपानी सञ्चालन विभाग प्रमुख सतिश दत्तले एकैसाथ भल्भको साँचो घुमाएर ट्याङ्कीमा भण्डारण गरिएको पानी वितरण प्रणालीमा पानी पठाएका हुन् ।

Classic Tech Desktop

आज २ बजेदेखि बेलुका ८ बजेसम्म चाबहिल, मित्रपार्क, बत्तीसपुतली, सरस्वती, मैजुबहाल, एयरपोर्ट, जय बागेश्वरी क्षेत्रमा पानी पठाइएको छ । यस्तै राती ८ बजेदेखि १२ बजेसम्म अनामनगर, घट्टेकुलो, डिल्ली बजार क्षेत्रमा पानी वितरण गरिँदैछ ।

प्रतिकृया