• २२ भदौ २०८३, सोमबार
  • १ः२१ राती

म्यानमारमा सैन्य सरकारले गरिरहेको रक्तपातको कांग्रेसद्वारा निन्दा

प्रकाशित मिति

२०७७ चैत्र १५ गते, आईतवार ०४:३५

काठमाडौँ : सत्ता हातमा लिएको म्यानमारको सेनाले नागरिक आन्दोलनमा गरेको दमनको नेपाली कांग्रेसले निन्दा गरेको छ। म्यानमारमा सैनिक सरकारले नागरिक प्रदर्शनमा गरिरहेको नरसंहार अत्यन्तै अमानवीय रहेको कांग्रेसले जनाएको छ। जनतामाथिको दमन रोकेर निर्वाचित सरकार बहाल गर्न, आङ साङ सूकी लगायतका नेताहरुलाई रिहा गर्न अन्तराष्ट्रिय दबाब बढाउनुपर्नेमा कांग्रेसले जोड दिएको छ।

National Life

‘म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय छ। जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकी लगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनर्स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दबाब बढाउन आवश्यक देखिएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले विश्वभर जहाँसुकै हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र एक्यवद्धता जनाउने आफ्नो नीति रहेको पनि स्पष्ट पारेको छ। म्यानमारको रक्तपात रोक्न विश्वभरबाट आवाज उठाउनु पर्ने कांग्रेसको भनाइ छ। ‘म्यानमारको पछिल्लो कु लगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई हामी निरन्तर नियालिरहेका छौँ। सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको छ,’ विज्ञप्तिमा उल्लेख छ। कांग्रेसले म्यानमारका जनताको पक्षमा उभिन सबैलाई अपिलसमेत गरेको छ।

Classic Tech Desktop

प्रतिकृया