• २५ भदौ २०८३, बिहीबार
  • ८ः१३ राती

देशभरको मौसम आज कहाँ कस्तो रहने छ?

प्रकाशित मिति

२०७७ चैत्र १४ गते, शनिबार ०८:३३

काठमाडौँ :  पहाडी क्षेत्रमा शनिबार आंशिक बदली भइ अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

 

स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभावका कारण पहाडी क्षेत्रमो मौसम केही प्रभावित हुने देखिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

अहिले पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

 

पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैबिच पहाडी भू–भागहरुमा आंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित फाटफुटरहल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिकृया