• ४ साउन २०८३, सोमबार
  • ८:४५ बेलुका

नेपाल इन्भेस्टमेन्ट बैंकको प्रिपेड इन्टरनेसनल कार्ड सुरु

प्रकाशित मिति

२०७७ चैत्र १३ गते, शुक्रबार ०३:११

काठमाडौँ : नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड एनआईबीएलले एनआईबीएलभी प्रिपेड इन्टरनेसनल कार्ड सुरु गरेको छ।

भर्चुअल कार्डमार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्छ। ग्राहकले झन्झटमुक्त ५ सय अमेरिकी डलर प्रतिवर्षको विश्वभर ई–कमर्स भुक्तान गर्न सक्छन्। बैंकले ग्राहकका लागि ३५ दिन ३५ प्रतिशत छुटको प्रस्ताव पनि ल्याएको छ। नेपाल इन्भेस्टमेन्ट बैंकले ८६ शाखा, १३० एटीएम, २० एक्स्टेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरबाट आफ्ना ग्राहकलाई सेवा पुर्‍याइरहेको छ।

Kamana Sewa

 

Classic Tech Desktop

 

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको यो बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ। यसबाहेक, इक्रा नेपाल ९अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल० ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।

प्रतिकृया