• २८ भदौ २०८३, आइतबार
  • २ः३० दिउँसो

भारतीय जेलमा ४० बर्ष बिताएका दुर्गाप्रसादले पाए नेपाली नागरिकता

प्रकाशित मिति

२०७७ चैत्र १२ गते, बिहीबार ०१:१५

काठमाडौं :चार दशकसम्म भारतीय जेलमा रहेर हालै घर फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । नागरिकतामा उनको नाम दुर्गाप्रसाद तिम्सिना उल्लेख छ । माई नगरपालिका वडा नम्बर १० को सिफारिस पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसाद तिम्सिनाको नाममा नागरिकता प्रमाणपत्र प्रदान गरेको इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले रातोपाटीलाई बताए ।

National Life

 

नागरिकतामा उनको जन्मस्थान एकतप्पा गाविस, बाबुको नाम चम्फाखर तिम्सिना र आमा धनमाया तिम्सिना उल्लेख छ । नागरिकताका लागि बुधबार वडा कार्यालयले सिफारिस पठाएको माई नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मनबहादुर बस्नेतले रातोपाटीलाई बताए । ‘हामीले नाता प्रमाणित लगायतका प्रक्रियाहरु पूरा गरेर बुधबार नै सिफारिसपत्र तयार पारिदियौँ,’ उनले भने, ‘बिहीबार बिहानै उहाँहरु जिल्ला प्रशासन कार्यालय जानुभएको हो ।’

Classic Tech Mobile
Classic Tech Desktop

 

नागरिकता विना सरकारी सेवा–सुविधाबाट वञ्चित हुने अवस्था देखिएको र अन्य आवश्यक कानुनी प्रक्रियाहरु पनि पूरा गर्नुपर्ने भएकाले आफूहरुले दुर्गाप्रसादको नागरिकता बनाउन सिफारिस गरी पठाएको उनले बताए । दुर्गाप्रसाद भारतीय जेलमा दीपक जैसीका नामबाट चार दशकसम्म बन्दी बनेका थिए । अदालतको आदेश अनुसार उनी हालै जेलमुक्त भएर स्वदेश फर्किएका हुन् ।

प्रतिकृया