कीर्तिपुरमा नक्कली नोट छाप्ने प्रिन्टरसहित दुईजना पक्राउ
प्रकाशित मिति
२०७७ चैत्र १२ गते, बिहीबार ११:२५
काठमाडौं : ५ सय र १ हजारका नक्कली नेपाली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले रौतहट घर भएका गनबहादुर लोप्चन ‘राजु’ र निता तामाङ ‘माया’ लाई पक्राउ गरेको हो ।
नक्कली नोट बोकेका व्यक्ति कलंकीमा आएको सुराकको आधारमा प्रहरीले उनीहरुको पिछा गरेको थियो । कलंकीबाट ५ सय दरको ९ वटा नोट बरामद गरिएको थियो ।
कीर्तिपुरस्थित उनीहरुको डेरा सर्च गर्दा हजार रुपैयाँ दरका ४९ वटा र ५ सय दरको थप ५६ वटा नक्कली नोट फेला परेको छ ।
डेराबाट नोटमा प्रयोग गरिने ‘सेक्युरिटी थ्रेड’ बनाउन प्रयोग हुने कच्चा पदार्थ र प्रिन्टर बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए छन् ।
Related
Recent News
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया