• २७ भदौ २०८३, शनिबार
  • ४ः५७ बिहान

कोरोना बढेपछि ‘लप्पन छप्पन २’ को रिलिज स्थगित

प्रकाशित मिति

२०७७ चैत्र १२ गते, बिहीबार ११:३४

काठमाडौंँ:  फिल्म ‘लप्पन छप्पन २’ को रिलिज स्थगित गरिएको छ । कोरोना संक्रमणको डरले नेपाल सरकारले सभा, गोष्ठी, जुलुस, ¥याली, भेला, सेमिनारलगायत भिडभाड हुने कार्य नगर्ने निर्देशन गरेसँगै फिल्मको रिलिज स्थगित गरिएको हो ।

National Life

 

२७ चैतमा प्रदर्शनमा आउँन लागेको ‘लप्पन छप्पन २’को रिलिज स्थगित गरिएको निर्देशक मुकुन्द भट्टले बताए । ‘अहिलेलाई फिल्म रिलिज स्थागित गरिएको छ । ‘नयाँ मिति केही समयपछि सार्वजनिक गर्नेछौ’ निर्देशक भट्टले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

 

फिल्मको रिलिज मिति स्थगित भएको यो तेस्रो हो । सरकारले भारतमा भयावह रुपमा फैलिएको कोरोना संक्रमणबाट सर्तक रहन आग्रह गरेपछि हलमा दर्शक नआउने देखेर निर्माण युनिटले फिल्मको पनि रिलिज मिति स्थगित गरेको हो ।

‘लप्पन छप्पन २’ले रिलिज मिति स्थगित गरेपनि यहि मितिमा आउने भनिएको अन्य दुई फिल्म ‘कृष्ण लिला’ र मनसँग मनले’ रिलिज स्थगित गरेका छैनन् ।

‘लप्पन छप्पन २’ शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व।दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय रहेको फिल्म हो । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्म निर्माण युनिटले नेपाल र भारत एकसाथ रिलिज गर्ने तयारी गरिरहेको थियो ।

प्रतिकृया