• २५ भदौ २०८३, बिहीबार
  • १०ः१३ राती

सन्दीपले इंग्ल्यान्डको टी-ट्वान्टी ब्लास्ट खेल्ने

प्रकाशित मिति

२०७७ चैत्र १२ गते, बिहीबार ०९:११

काठमाडौं: नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डको घरेलु टी-ट्वान्टी क्रिकेट प्रतियोगिता ‘भिटालिटी टी-ट्वान्टी ब्लास्टु खेल्ने भएका छन् ।

National Life

 

सन्दीपले वोर्सेस्टरशायर र्‍यापिड्सबाट टी-ट्वान्टी ब्लास्ट खेल्ने भएका हुन् । वोर्सेस्टरशायरले सन्दीपलाई २०२१ को सिजनका लागि अनुबन्धित गरिएको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

२० वर्षीय सन्दीपले पहिलो पटक टी-ट्वान्टी ब्लास्ट खेल्न लागेका हुन् ।यस प्रतियोगिता खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन् ।

 

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने टी-ट्वान्टी ब्लास्ट २०२१ को जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका रहेको छ ।

प्रतिकृया