• ११ असोज २०८३, आइतबार
  • २ः५३ राती

पूर्व कप्तान विराजले सन्याश लिने

प्रकाशित मिति

२०७७ चैत्र ११ गते, बुधबार ०५:२१

काठमाडौ:करिब डेढ दशकयता नेपाली राष्ट्रिय फुटबल टोलीमा रहेका विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्याश लिने भएका छन्। उनले नेपालमा जारी त्रिदेशीय आमन्त्रण फुटबलबाट सन्याश लिने भएका हुन्।

National Life

 

‘प्रतियोगितामा जुन खेल नेपालको अन्तिम हुन्छ, त्यही दिन म सन्याश लिने छु’, विराजले भने। विराजलाई बुधबार घोषणा गरिएको २३ सदस्यीय राष्ट्रिय टोलीमा समावेश गरिएको छ। यसअघि उनले टोलीमा स्थानसमेत बनाउन सकेका थिएनन्। घरेलु मैदानमा विराजले सन्याशको घोषणा गर्ने इच्छा व्यक्त गरेपछि उनलाई टोलीमा समावेश गरिएको बुझिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

यसअघि उनी टोलीको कप्तान रहँदा पनि बेन्चमै विताउनु परेको थियो। जारी प्रतियोगितामा नेपाली टोलीको कप्तान गोलरक्षक किरणकुमार चेम्जोङलाई नियुक्त गरिएको छ। एन्फा एकेडेमीका उत्पादन विराज नेपाली फुटबल टोलीका सबैभन्दा सफल कप्तान हुन्। उनको कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप, साग स्वर्ण र सोलिडारिटी कप जितेको थियो। नेपालले करिब दुई दशकपछि सिनियर अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको हो, उनकै कप्तानीमा।

प्रतिकृया