• ११ असोज २०८३, आइतबार
  • ७ः५८ बेलुका

सिप्रदीले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने

प्रकाशित मिति

२०७७ चैत्र ११ गते, बुधबार ०५:२९

सिप्रदी ट्रेडिङले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ । सिप्रदीको तालिम केन्द्र चन्द्रागिरीमा हुने सो तालिमका लागि दरखास्त आह्वान गरिएको छ ।

National Life

तालिममा उत्कृष्ट एवं सफल हुने प्रशिक्षार्थीहरूलाई सिप्रदीले नेपालभरी फैलिएका विभिन्न वर्कशपहरुमा रोजगारीको अवसरहरूमा प्राथमिकता दिने बताइएको छ ।  दरखास्त बुझाउन अन्तिम मिति १८ गतेसम्म र दरखास्त बुझाउने स्थान सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु रहेको सिप्रदीले जनाएको छ ।

निस्शुल्क तालिममा काठमाडौँ उपत्यका बाहिरका स्थानहरु नेपालगञ्ज, महेन्द्रनगर, दाङ्ग, सुर्खेत, इटहरी, विर्तामोड, हेटौडा, विरगञ्ज, त्रिशुलीका प्रशिक्षार्थीहरुलाई विशेष ग्रायता दिइने बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया