• ११ असोज २०८३, आइतबार
  • ४ः४१ बिहान

त्रिदेशीय आमन्त्रण फुटबलका लागि नेपाली टोलीको घोषणा, बिहीबार किर्गिजस्तानसँग खेल्दै

प्रकाशित मिति

२०७७ चैत्र ११ गते, बुधबार ०५:०५

काठमाडौँ: किर्गिजस्तानको यू-२३ राष्ट्रिय टोली र बंगलादेशको सिनियर राष्ट्रिय टोलीसम्मिलित त्रिदेशीय आमन्त्रण फुटबलका लागि नेपाली टोलीको घोषणा गरिएको छ। टोलीमा केही समययता बेन्चमै सिमित रहेका विराज महर्जनलाई समावेश गरिएको छ।

National Life

२३ सदस्यीय नेपाली टोली किरणकुमार चेम्जोङको कप्तानीमा रहेको छ। टोलीका अन्य सदस्यहरुमा गोलरक्षक विकेश कुथु र दीप कार्की, डिफेण्डरहरुमा विराजसहित रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दीनेश राजबंशी, अजित भण्डारी र छिरिङ गुरुङ छन्।

मिडफिल्डरहरुमा त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान तथा स्ट्राइकरहरुमा भरत खवास, अन्जन विष्ट, दर्शन गुरुङ र अभिशेक रिजाल रहेका छन्। नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, विकाश खवासलगायत नाम चलेका खेलाडीहरुले भने टोलीमा ठाउँ बनाउन असफल भए।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालले प्रतियोगिताअन्तर्गत बिहीबार हुने पहिलो खेलमा किर्गिजस्तानसँग खेल्ने छ भने लिगको अन्तिम खेल शनिबार बंगलादेशविरुद्ध खेल्ने छ। लिगको शीर्ष दुई टोलीले आगामी सोमबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतिकृया