• ५ साउन २०८३, मंगलबार
  • ८:२४ बिहान

लकडाउनको एक वर्ष पूरा, कोरोनाको जोखिम उस्तै

प्रकाशित मिति

२०७७ चैत्र ११ गते, बुधबार ०९:४१

काठमाडौं: नेपालमा कोरोना संक्रमणका कारण लकडाउन गरेको एक वर्ष पुगेको छ। गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेको थियो । पटक पटक गरी चार महिनासम्म लकडाउन भएको थियो।

 

Kamana Sewa

विश्वका देशमा लकडाउन खुकुलो बनाएपछि नेपालले पनि गत साउन ६ देखि लकडाउन हटाएको थियो। लकडाउन हटेपछि बजार‚ पसल खुले। ढिलो गरी भए पनि शैक्षिक संस्था खुले। सबै क्षेत्रमा चहलपहल बढ्यो।

Classic Tech Desktop

 

पछिल्लो समय कोरोना भाइरसको संक्रमणदर घट्दै पनि गयो। तर, छिमेकी मुलुक रतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपालमा फेरि कोरोनाको जोखिम पहिलाको जस्तै हुने खतरा बढेको छ। लकडाउनको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ।

 

भारतसँगको खुला सीमा नाकाका कारण पनि नेपालमा कोरोना संक्रमणको उच्च जोखिम बढेको विज्ञहरु बताउँछन्। भारतमा संक्रमणदर बढेपछि त्यहाँ कार्यरत नेपालीहरु घर फर्किने क्रम बढेको छ। फर्किनेहरुमा सङ्क्रमण भएको हुन सक्ने देखिन्छ। उनीहरुको नाकामा नै स्वास्थ्य परीक्षण नगरिए जोखिम झन् बढ्दै जाने छ। सरकारले भारतसँगका मुख्य १४ नाकामा निगरानी बढाएको छ।

भारतमा संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पालना गर्न आग्रह गरेको छ। मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र काम नगर्न भनेको छ।

लकडाउन भएको एक वर्ष पूरा भएको दिन आज सरकारले यसको समीक्षा गर्दैछ। यस विषयमा छलफल गर्न दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्दैछ।

बैठकमा कोरोना संक्रमण र न्यूनीकरणको हालसम्मको अवस्था र फेरि बढ्न लागेको कोरोना संक्रमण जोखिममा अपनाउनुपर्ने सुरक्षा उपायबारे छलफल हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

प्रतिकृया