• २९ भदौ २०८३, सोमबार
  • ४ः५४ बिहान

टिपरको ठक्करबाट सात वर्षीया बालिकाको मृत्यु, बुवा घाइते

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार ०२:४६

वीरगञ्ज: बारामा शनिबार राति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ। उक्त दुर्घटनामा मोटरसाइकलमा सवार बालिकाका बुवा घाइते भएका छन्।

National Life

शनिबार राति ना ८ ख ३४५६ नम्बरको टिपरले बुवा छोरी सवार बी आर ०५ के ०९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रौतहट फतुवा विजयपुर नगरपालिका ८ बस्ने ७ वर्षीया बालिका आकृति यादवको मृत्यु भएको हो भने उनका बुवा ३६ वर्षका अजय यादव घाइते भएको प्रहरीले जनाएको छ।

आदर्श कोतवाल गाउँपालिका ४ ईनर्वामालस्थित हुलाकी राजमार्गमा हरनैयाबाट कलैयातर्फ आउँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि टिपर पल्टिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

दुर्घटनामा परेर बालिकाको घटनास्थलमै ज्यान गएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

दुर्घटनामा घाइते भएका यादवको कलैया अस्पतालमा उपचार भइरहेको तथा टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको मिश्रले बताए। बालिकाको शव परीक्षणको लागि कलैया अस्पतालमा राखिएको छ।

प्रतिकृया