• 4:53 pm

निफ्राले नेपाल स्टक एक्सचेन्जलाई दियो स्पष्टीकरण, यस्तो छ पत्र

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार ०२:३८

नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रा ले नेपाल स्टक एक्सचेन्जलाई स्पष्टीकरण दिएको छ । नेप्सेमा सूचीकृत हुनु अघिकै बन्ड जारी गर्नका लागि नियामकबाट सहमति लिइसकेको पनि स्पष्ट पारेको छ ।

यसलाई अन्तिम रुप दिन चाहिने सहमतिहरु लिँदै यथासक्य छिटो बन्ड जारी गर्ने बैंकले जानकारी गराएको छ ।

निफ्राले संस्थागत लगानीकर्ता भित्र्याउने विषयमा प्ररम्भिक छलफल भइरहेको पनि जानकारी गराएको छ ।

आइपिओ निष्कासनका लागि प्रकाशन गरिएको विवरण पत्रमा आर्थिक वर्ष २०७७र७८ मा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरिएको स्पष्ट पारेको हो ।

नेप्सेले केही दिन अघि निफ्रासँग सेयर मूल्यमा प्रभाव पार्ने संवेदनशील सूचनाको विषयमा स्पष्टिकरण सोधेको थियो ।

सोही बमोजिम उसले स्पष्टिकरण दिएको हो । निफ्राले ३ करोड डलरको बन्ड जारी गर्ने विषय रणनीति भित्रकै हिस्सा भएको र गरेको स्पष्ट पारेको छ ।

प्रतिकृया