• 5:14 pm

सिटीइभिटीको परीक्षाको चिट बेच्ने पाँच जना पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र ६ गते, शुक्रबार ०१:०७

काठमाण्डौ: सिटीइभिटीको परीक्षाको चिट बनाउने ५ जना फोटोकापी पसले पक्राउ परेका छन्। परीक्षामा अनुगमन टोलीले चेकजाँच गर्ने क्रममा संस्थागत रुपमा तयार पारिएको चिट फेला पारेपछि विद्यार्थीहरुले भनेकै आधारमा तिनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

रानाभाटले प्रश्नपत्र आउट नभएको तर परीक्षा दिने सम्पूर्ण विद्यार्थीहरुसँग एकै प्रकारको सानो रुपमा तयार पारीएको चिट फेला परेपछि अनुसन्धानको लागि पाँच फोटोकपी पसलेलाई पक्राउ गरेको बताए। पसलबाट विभिन्न विषयको सोलुशनको सानो रुपमा तयार पारिएको मिनिमाइजहरु समेत बरामद गरिएको उनले बताए।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित भैरवचोकबाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरुको नाम भने अहिले प्रहरीले गोप्य राखेको छ।

प्रतिकृया