• 4:05 pm

स्वास्थ्य शिविरबाट भक्तपुरका ८ सय जनाले पाए निःशुल्क उपचार सेवा

प्रकाशित मिति

२०७७ चैत्र ४ गते, बुधबार १०:५६

काठमाडौं: काठमाडौं मेडिकल कलेजले भक्तपुरको झौखेलमा मंगलबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ८ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । चाँगुनारायण नगरपालिका वडा नं–३ र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडसँगको सहकार्यमा स्थानीय शहरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ८ सय ६४ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १ सय १४ जनाको ईसीजी, १ सय ९२ जनाको ल्याव टेष्ट र १ सय ६४ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, ३१ जनाको दाँत खोलिएको छ ।

जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई अस्पताल रेफर गरिएको छ । रेफर गरिएका बिरामीहरुलाई केएमसीमा ल्याउने र घर पुर्याउने गाडीको व्यवस्थासमेत मिलाइएको छ । रेफर भएका बिरामीले तोकिएको समयमा अप्रेशन गराउँन आएमा ५० प्रतिशत छुट पाउँने र अरु समयमा आएमा २५ प्रतिशत छुट पाउँने केएमसीले जनाएको छ ।

प्रतिकृया