• २० भदौ २०८३, शनिबार
  • ११ः१८ बिहान

राष्ट्रिय कार्यकर्ता भेलामा माधव नेपालले प्रतिवेदन पेस गर्दै

प्रकाशित मिति

२०७७ चैत्र ४ गते, बुधबार ११:२५

चैत्र ४ , काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज ९बुधवार० देखि २ दिनसम्म ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ। ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने भेलामा जिल्लाका अगुवा कार्यकर्ता र केन्द्रीय सदस्य गरी देशभरबाट २ हजार जनाभन्दा बढी नेतारकार्यकर्ता उतार्ने नेपाल पक्षको दाबी छ।

National Life

 

भेला अहिले बिहान ११ बजे उद्घाटन गरिने एमाले नेता विष्णु रिजालले जानकारी दिएका छन्। भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने बताइएको छ। टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गर्ने कार्यक्रम रहेको एमाले नेपाल पक्षले जनाएको छ।

Classic Tech Desktop

भेलामा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि समेटिएको प्रतिवेदन पेस गर्ने नेता रिजालले जानकारी दिएका छन्। नेपालले पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि तथा पार्टी एकताका लागि गरिएको प्रयत्न तथा गतिविधि समेटिएको समेटिएको प्रतिवेदन पेस गर्ने उनले बताए।

प्रतिवेदनमा एमाले अध्यक्ष केपी ओली पक्षले कसरी विधान उल्लंघन गरी हालको अवस्थामा पुर्‍याए भन्ने विषयबारे समेत उल्लेख हुने उनले बताए। दुई दिनसम्म चल्ने भेलामा केन्द्रीय समितिका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ। भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटी सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसदलगायत दुई हजारभन्दा बढीको उपस्थिति रहनेछ।

यता ओली पक्षमा रहेका एमाले महासचिव ईश्वर पोखरेलले नेपाल पक्षको आजको भेलामा सहभागी हुने नेतारकार्यकर्तालाई कारबाही गरिने चेतावनी दिएका छन्। नेपाल पक्षमा रहेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने आफूहरू कारबाही भोग्न लामबद्ध रहेको प्रतिक्रिया दिएका छन्।

प्रतिकृया