• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

सुनको मूल्यमा फेरी वृद्धि,प्रतितोला ८६ हजार ९०० रुपैयाँ पुग्यो, चाँदीको घट्यो,

प्रकाशित मिति

२०७७ चैत्र ४ गते, बुधबार ११:३१

बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ । मंगलबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य भने बुधबार रु १० घटेर तोलामा १२७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य तोलामा १२८० रुपैयाँमा कारोबार भएको थियो ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया