• १२ असोज २०८३, सोमबार
  • १ः३५ राती

पोखरामा प्याराग्लाइडिङ दुर्घटना: सैनिक जवानको मृत्यु

प्रकाशित मिति

२०७७ चैत्र ३ गते, मंगलवार ०८:०३

कास्की : पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ।

National Life

सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

उनका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पुर्‍याएकामा उपचारका क्रममा साँझ ४ः४५ बजे निधन भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

उनी सेनाको कालीजङ्ग गणमा कार्यरत रहेका थिए। उनको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ।

प्रतिकृया