• ५ साउन २०८३, मंगलबार
  • ८:५१ बिहान

वषौंपछि विपनाको आँशु

प्रकाशित मिति

२०७७ चैत्र १ गते, आईतवार ०५:०५

काठमाडौं: नेपाली फिल्म क्षेत्रकी एक समयकी चर्चित नायिका हुन् विपना थापा । विपना भारतका नागरिकसँग विवाह गरेलगत्तै १४ वर्षदेखि फिल्म क्षेत्रबाट टाढीएकी थिइन् ।१४ वर्षदेखि कुनै अवार्डमा सहभागी नभएकी विपना नेफ्टा अवार्डमा सहभागी हुन केही दिन अगाडी भारतबाट नेपाल आएकी हुन् ।

नेफ्टा अवार्ड आयोजक संस्था चलचित्र प्राविधिक संघले नायिका विपनालाई एक महिना अगाडी देखि बोलाएको हो । अवार्ड कार्यक्रममा उनी निकै भावुक भइन् । उनले आँशु थाम्न सकिनन् । सोल्टी होटलमा शनिबार भएको अवार्ड कार्यक्रममा बोल्दै उनले आयोजकहरु कसैले नसम्झको गुनासो गरीन् । १ सय ११ वटा फिल्ममा सशक्त अभिनय गरेकी विपना नेफ्टाले बोलाएकोले बिरामी हुँदा पनि आएकी हुन् ।

Kamana Sewa

संचारकर्मीहरुसँग कुरा गर्दै उनले फिल्ममा कमब्याकको तयारीमा रहेको जानकारी दिएकी हुन् । उनले फेरी अभिनयलाई नै निरन्रता दिने बताइन् ।

Classic Tech Desktop

प्रतिकृया